लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना निर्वाचित



कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल राना चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन् । गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरे ।

यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छन् । उनले तीन हजार ५६१ मत प्राप्त गरिन् उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाइन् ।

छ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेको थियो । उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले