प्यूठान नगरपालिका १ को वडा अध्यक्षमा कांग्रेसकी साधना राउत विजयी



प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् । गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए । प्राप्त विवरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको चुनावी तालमेल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ