अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपालमा क्वारेन्टीन अनिवार्य



काठमाडौं । कोरोना भइरसको ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टीन राख्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारेन्टीन अनिवार्य गर्ने निर्णय भएको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै ’भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् । नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारेन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरियन्ट हालसम्म हङकङ, बेल्जियम र इजरायलसहितका देशहरूमा फैलिएको पाइएको छ । खोप लगाइसकेका मानिसहरूलाई समेत सङ्क्रमणको जोखिम भएको नयाँ भेरियन्ट भित्रिन नदिन विदेशबाट आउने यात्रुहरूलाई नेपालले अनिवार्य क्वारन्टीन र दोहोर्याएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी