काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा तीन हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

प्रतिक्रिया