कोभिडविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए ।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन विहिबार निर्देशन दिइएको हो ।

वरिष्ठ स्वास्थ्य प्रशासक डा शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ ।

मन्त्रालयका उपसचिव मुक्ति खनालले अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको जानकारी दिए । भारत सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड विहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो । अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । एक व्यक्तिलाई दुई मात्रा दिइने उक्त खोप पाँच लाख जनालाई दिइने सरकारको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे