भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर ,महानगरपालिका वडा नम्बर १७ का ७७ वर्षीय पुरुषको शुक्रबार बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मंसिर ३ गते कोरोना पुष्टि भई ज्वारो र श्वासप्रश्वासमो समस्या भई पाँच गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी मकवानपुरको हेटौंडाकी ५७ वर्षीया महिलाको पनि उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहीबार कोभिड संक्रमणसहित ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

  गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण