होम आइसोलेसनमा बसेका पुरुषको निधन



भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको शनिबार होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास