कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



मोरङ । कोरोना संक्रमणबाट मोरङ र रुपन्देहीमा गरी थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

उनलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनको असोज २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया