कोरोना पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसे संक्रामक ऐन अनुसार कारबाही हुने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गर्दै आइसोलेसनमा नवस्ने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने बताए । पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न उनले आग्रह गरे ।

उनले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न आग्रह गरे । एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरती साहका पतिलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा

प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका