नेपालगंज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
नेपालगंज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालगंजका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । उनका अनुसार दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।