जोखिम भत्ता नपाएको भन्दै नर्सहरु आन्दोलित



काठमाडौं । नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित भएका छन् । समग्र नर्सिङ क्षेत्रको समस्या समाधान गर्न पहल गर्नुपर्ने भन्दै उनीहरुले सोमबार नेपाल नर्सिङ संघको कार्यालय अगाडि धर्ना दिएका छन् ।

कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिने नर्सहरुलाई भत्ताको सट्टामा ड्युटीसमेत घटाएर तलब समेत काटिदिएको भन्दै आफूहरु आन्दोलित भएको नर्सहरुले बताएका छन् ।

धर्नामा सहभागी नर्स कल्पना रिजालले एकसाता अघि नै नर्सहरुको समस्या समाधानका लागि ६५ बुँदे मागसहित नर्सिङ संघमा मागपत्र बुझाएको र संघले एकसातामा माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि आफ्नो मागहरुको सुनुवाइ नभएको भन्दै आफूहरु आन्दोलित भएको बताइन् ।

उनीहरुले कोरोना संक्रमणको समय भएकाले नर्सहरु बिरामीको सेवामा खटिदा संक्रमणको उच्च जोखिममा रहेकाले सरकारले नर्सहरुलाई पीपीई लगायतका सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने र जोखिम भत्ता दिनुपर्ने पनि बताएका छन् ।

नर्सहरुले कतिपय सरकारी तथा निजी अस्पतालहरुले कोभिडको समयमा समेत नर्सहरुको तलब काटिदिएर जागिर छोड्न बाध्य पारेको पनि बताएका छन् ।

नेपाल नर्सिङ काउन्सिलले आयुर्वेद पढेकी एक युवतीलाई नर्सिङ लाइसेन्स दिएको भन्दै उक्त घटनाको विषयमा छानबिन गरी नर्सिङ नै नपढेको व्यक्तिलाई लाइसेन्स दिने काउन्सिलका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्नेसमेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर