सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको उनले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले बीर अस्पतालमा एक मृतकको अंग निकालेको खबरप्रति ध्यानाकर्षण भएको बताए ।

ती व्यक्तिलाई केन्द्रीय कारागारबाट असोज तीन गते अस्पतालमा लगिएको र अस्पताल पुर्याउँनुभन्दा अघि नै मृत्यु भएको उनले बताए । मृतकको शब धेरै दिन अस्पतालमै राखिएकाले सडेका कारण शरीरमा परिवर्तन आएको र उक्त परिवर्तन स्वभाविक भएको प्रवक्ता गौतमले जानकारी दिए । उनले संयमित भएर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन