‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’



काठमाडौं । मंगलबार आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुसिवु क्षेत्रमा गरेको अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार नष्ट गरेको हो । व्यापारी भन्दै थिए, हामीले कम्पनीलाई धेरै पटक भनेका हौं । कम्प्लेन छ सुनाएका हौं । तर के गर्नु टेर्दैनन् ।

यो दृश्य हेरिरहेका उपभोक्ता भन्दै थिए — हो त । जारको पैसा त हामीले तिरेको हो नि । आफ्नो पैसा खर्च गरेर उनीहरुले खटाएका सामान चलाउने ? भन्न मात्रै सकेका थिएनौ । आज तपाईहरुले ठीक गर्नुभयो । आज गरेर छोड्नु भयो भने भोलि उस्तै हुन्छ । उनीहरुको सुझाव थियो — यसलाई नियमित गर्नुपर्छ ।

यसै गरी चितवन दाजुभाइ ट्रेडर्सबाट ४७ प्याकेट म्याङ्गो ट्याङ, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्रि नामका स्यानिटरी प्याड नष्ट गरिएको छ । यी सामानमध्ये ट्याङ र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो । भएको म्याद पनि अक्षर मेटिने थियो ।
त्यस क्षेत्रमा भएका किराना पसलहरुको अनुगमन गर्दा म्याद गुज्रिएका सामान नहुने कुनै पसल थिएनन् । व्यापारीहरु आफैं भनिरहेका थिए । होलान् त्यस्तै १०/१५ प्रतिशत म्याद सकिएका सामान । के गर्नु र? लकडाउन छ ।

कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ