प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण



भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।

वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उनले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए ।

अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अबदेखि कोभिड– १९ प्रेस ब्रिफिङ दैनिक नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस

फेवातालको पुनः सिमाङ्कन गरिने,पौडेलको संयोजकत्वमा सिमाङकन तथा नक्साङ्कन समिति गठन

कास्की । कास्की जिल्लाको पोखरामा रहेको फेवा तालको पुनः सिमाङ्कन हुने भएको छ

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको यही कातिक १५ देखि १७ गतेका

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने,मानार्थ महारथीको दर्जा दिइने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने