डा. केसीका समर्थकहरुद्वारा काठमाडौंमा प्रदर्शन, तत्काल वार्ता थाल्न सरकारलाई आग्रह



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द्र केसीका माग पुरा गर्नुपर्ने भन्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

डा केसीले जायज माग राखेर सत्याग्रह गर्दा पनि सरकारको ध्यान नपुगेको भन्दै केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन नभएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए ।

डा. केसीले कोभिड १९ को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग अघि सारेका छन् ।

भौतिक दुरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको उनका समर्थकहरुले जनाएका छन् । डा केसीसँग सरकारले यसअघि गरेको सहमति पनि कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई छ ।

बिहीबार नेपाल चिकित्सक संघले पनि सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व