नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा



काठमाडौं । नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो ।

नेपाली जनताले संविधानसभामार्फत आफ्नो संविधान आफै लेख्ने सौभाग्य प्राप्त गरेकोले संविधान दिवसलाई महत्वपूर्ण दिनको रुपमा मनाउन सरकारले आम नागरिकलाई आह्वान गरेको छ । संविधान दिवसको मूल समारोह अहिले विहान ९ बजेबाट सैनिक मञ्च टुडिखेलमा आयोजना हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आयोजित विशेष कार्यक्रममा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुहुने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

हिजो आज र भोलि ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने संविधान दिवसका अवसरमा परिसम्वाद , जनचेतनामुलक कार्यक्रम जागरण गीत प्रसारण लगायतका कार्यक्रम आयोजना गरिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको