पहिरोको उच्च जोमिखमा रहेका वस्तीको स्थानान्तरण र पुनस्र्थापनाका लागि कार्यविधि बनाइने



काठमाडौं । विपद् व्यवस्थापन परिषद्ले पहिरोको उच्च जोमिखमा रहेका वस्तीहरुको स्थानान्तरण र पुनस्र्थापना लागि कार्यविधि बनाउने भएको छ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गर्ने निर्णय गरेको हो ।

मनसुन सुरु भएको १०० दिन पुरा हुँदा प्राकृतिक प्रकोपको क्षति बढेकाले जोखिम न्युनिकरण गर्नका लागी कार्यबिधि बनाउने निर्णय गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले जोमिखमा रहेका वस्तीहरुको आवश्यकता अनुसार स्थानान्तरण अथवा पुनस्र्थापना गरिने जानकारी दिए । त्यस्तै प्राकृतिक प्रकोपमा परि असहज जीवन व्यतित गरेकाहरुको उचित व्यवस्थापन गर्न पनि रणनीति तय गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी