काठमाडौं महानगरका १० वटा वडाको राजस्व प्रणाली आजदेखि अनलाइनमा



काठमाडौं । काठमाडौं महानगरले आजदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ ।

प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागू गर्ने योजनासहित आज वडा २६ बाट सेवा सुरु गरिएको हो । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन् ।सापकोटाले भूमि कर शीर्षकमा विवरण भरेकी थिइन् ।

सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताए ।
अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजस्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्नेछ । त्यस अवसरमा सहसचिव राजेश्वर ज्ञवालीले अब प्रविधि विनाको सेवा व्यवस्थापन कल्पना गर्न नसकिने बताए ।

राजस्व विभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो । यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ ।’ अधिकारीको भनाइ छ ।

यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइसकिएको छ । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउनु हो । विद्युतीय सुशासनलाई स्थानीयकरणको पूर्वाधार बनाउनु यसको कार्यान्वयनपछि प्राप्त हुने उपलब्धी हो ।

अब महानगरबासी सबैले आफूले महानगरलाई तिर्नु बुझाउनु पर्ने तिर्न बुझाउन धाएर वडा वा राजस्व विभागमा पुग्नु पर्र्दैन । काठमाडौं महानगरको वेभ पेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपी मा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारकार कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।

विद्युतीय सुशासनका लागि यस अघि पनि प्रयास भएका छन् । अहिले कोविड १९ महामारीले व्यक्ति—व्यक्तिबीचको भौतिक दुरी टाढा बनाउने अवस्थाको माग गरिरहेको छ । यसबेला महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई बिद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिन्छ ।

यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुबिधा लिन सक्छन् ।
सेवा कसरी लिने ?
अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ ।

करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४