निजी वायु सेवा संचालकहरुले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान संचालन नगर्ने
काठमाडौँ । वायु सेवा संचालकहरुले सिटको आधा क्षमतामा उडान गर्न नसक्ने बताएका छन् । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर असोज १ गते देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर, संघमा आबद्ध निजी वायुसेवाहरुले यो व्यवस्थामा तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराउँदै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान तत्काल नगर्ने पत्र पठाएका छन् ।