कुलमानको समर्थनमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना परीक्षण शुल्क ३,८९९ रुपैयाँ लिने आठ वटा निजी प्रयोगशालाको निर्णय

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

बारा । बसले स्कुटीलाई ठक्कर दिँदा आइतबार साँझ तीन जनाको घटनास्थलमै मृत्यु भएको

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै

डा. केसीको जीवन रक्षाका लागि सरकारसँग नागरिक अगुवाहरुको अपील

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न