काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञा हट्ने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा हटाउने निर्णय गरेको हो । यससँगै उपत्यकामा सवारीसाधन सञ्चालनमा जोर/बिजोर लागु हुने जनाइएको छ ।
काठमाडौं उपत्यका प्रवेशमा भने कडाइ गरिने जनाइएको छ । उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात सकिँदै छ । कोरोना संक्रमण बढेको भन्दै भदौ तीन गतेदेखि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया