ललितपुर । कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मंगलबार नै अस्पतालमा भर्ना भएका ती व्यक्तिको साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।


प्रतिक्रिया