सार्वजनिक यातायात सञ्चालनमा रोक, निजीलाई जोरविजोर प्रणाली लागू गर्न मेयर फोरमको सुझाव



काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सतर्कता र कडाईन गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने ठहर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्षपनि निकालेको छ भने निजी सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने जनाएको छ ।

त्यस्तै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने ठहर गरिएको मेयर श्रेष्ठले बताए । त्यस्तै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि उनले बताए । त्यस्तै सरकारबाट शिक्षक मिलान गर्ने कार्य भइरहेको सन्दर्भमा फोरमको ध्यानाकर्षण भएको भन्दै उपत्यकामा बिषयगत आधारमा शिक्षकहरुको अनुपात कायम गर्नुपर्ने ठहर गरिएको उनले जानकारी दिए ।

फोरमको बैठकले सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न