रथ तान्ने क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै धर्ना(फोटोफिचर)



ललितपुर । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई रिहाईको गर्नुपर्ने माग गर्दै स्थानीयहरुले विरोध जनाएका छन् । सोमबार उनीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने प्रयास गरेपछि प्रहरीले हटाएको थियो । प्रशासन कार्यालय पुगेर धर्नामा बस्न थालेपछि प्रहरीले हटाएको हो ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मानभवनभित्र रहेको प्रशासन कार्यालय व्यापक प्रहरी परिचालन गरिएको थियो । यसअघि बिहीबार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो।

ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केहीलाई रिहा गरिएको छ भने केहीलाई सार्वजनिक मुद्दा चलाउन हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन