फोटोमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा



ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो ।

यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो । बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसयता रथ सडकको बीचबाटैमा थियो । त्यसपछि सरोकारवाला निकाय र गुठी खलः हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो ।

औपचारिकता पूरा गर्न पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए । गाः बहालका ४० जना, वछुत्वा नुगःका ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन् । रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते भित्र रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लैजाने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण