उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सुझाव



काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा सहभागी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन सुझाव दिए । उनले अहिले पनि दैनिक दुई हजार भन्दा बढी उपत्यका भित्रिरहेका भन्दै नाकालाई ठप्प पार्न नसकिने बताए । विभिन्न ढुवानीका साधनमार्फत मानिसहरुको आवतजावत भइरहेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने बताए ।

बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका थिए । चाडपर्वको समयमा मानिसहरुको आवागमन बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन