गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गोरखाको गोरखा नगरपालिकामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्रेनह्यामरेज भई शनिबार गोरखा अस्पताल ल्याइएकी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले जानकारी दिएकी छन् । योसँगै गण्डकी प्रदेशमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।