नाष्टद्वारा सशस्त्र प्रहरीलाई घुम्ती स्वाब संकलन साधन प्रदान



काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले निर्माण गरेको मोबाइल स्वाब कलेक्सन भेहिकल अर्थात् घुम्ती स्वाब संकलन साधन शसस्त्र प्रहरी बललाई प्रदान गरेको छ ।

शुक्रबार नाष्टको कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच स्वाब संकलन गर्ने प्रविधिको एक सेट शसस्त्र प्रहरी बललाई प्रदान गरेको हो । नाष्ट कार्यालयमा सचिव डा.महेशकुमार अधिकारीले शसस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. शैलेन्द्र दुवाल श्रेष्ठलाई हस्तान्तरण गरे । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड– १९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब संकलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग नाष्टले जनाएको छ । यस भेहिकल प्रविधिमा पिपिई ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको नाष्टका बरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले बताए । सो प्रविधि स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै निकै सुरक्षित बनाइएकाले स्वाब संकलन गर्ने व्यक्तिले पिपिइ लगाउनु नपर्ने उनले बताए ।

भेहिकलबाट संकलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । स्वाब संकलन गर्ने कार्यसकिएपछि उक्त प्रविधि राखिएको गाडीलाई पूर्ण रुपमा निर्मलिकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।