सीताराम हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त



काठमाडौं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए। पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने भन्दै महर्जनले नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए ।

हाछेथूले ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् । हाछेथू २०७५ सालमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार

आइजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ हुने

काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट

११ महिनामा फलफूल आयातबाट १६ अर्ब बाहिरियो

काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती

बजेटले विचौलियालाई फाइदा भयो भन्नु बुनिएको कथा मात्रः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पूँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको