नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिला र नौ पुरुषको मृत्यु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा २/२ जनाको मृत्यु भएको छ ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।