चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

घट्यो अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको आकर्षण

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर

सेवा विस्तार गर्दै रामपुर अस्पताल

रामपुर (पाल्पा), । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय