अस्पताल नभएका ६४९ तहमा पाँच शैयाको अस्पतालको तत्कालै सेवा शुरू हुने, ६४ करोड बजेट निकासा



काठमाडौं । स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा सुरु गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

यो निर्णयसँगै अस्पताल नभएका ६४९ स्थानीय  तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । त्यसका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै ६४ करोड रुपैयाँ निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो । निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी आजै मन्त्री ढकालले नीतिगत निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाप्रति खलनाथ खनालको कटाक्षः चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ?

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेसलाई समाजवादको यात्रातर्फ आउन

केपी ओली र युवराज खतिवडाले शोधनान्तर घाटाको स्थितिको जिम्मेवारी लिनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति

घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार

आइजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ हुने

काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट