जुम्लाबाट डा. केसीले भने-प्रहरी प्रशासनले अपमान, दमन र दादागिरी गरेको छ, मेरो सुरक्षाको कामना गर्नुहोला !



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो सुरक्षाका लागि कामना गर्न शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो प्रहरीले धरपकड गरेपछि राति सामाजिक संजाल फेसबुकमार्फत डा. केसीले आफूमाथि प्रहरीले निगरानी बढाएको भन्दै मेरो सुरक्षाका लागि कामना गर्न शुभेच्छुकहरुलाई आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गरीब, दुखी र बिकट ठाउँमा निशुल्क उपचार गर्न देशको कुना कन्दरा पुग्ने क्रममा आज जुम्लामा पुग्दा प्रहरी प्रशासनले अपमान, दमन र दादागिरी गरेको छ । म सुरक्षित नै छु तर म माथि प्रहरीले निगरानी बढाएको छ । मेरो सुरक्षाको कामना गर्नुहोला ! सुतेको सरकारलाई बिउझाउन सक्दो शेयर गरिदिनुहोला !’

चिकित्सा शिक्षा क्षेत्रको सुधारसहित आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएका डा. गोविन्द केसी बसेको होटल प्रहरीको बिहीबार घेराबन्दी गरेको थियो । अनशन बस्न जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेपछि उनी बाहिर निस्कन पाएनन् ।

प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन् ।आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा. केसीले सत्याग्रह घोषणा गरेका थिए । प्रहरीले डा. केसी बसेको होटलभन्दा ५ सय मिटर पूर्व–पश्चिममा निषेधित क्षेत्र भन्दै बुधबार साँझदेखि कसैलाई जान दिएको छैन । बिहीबार उनलाई भेट्न पुगेका सञ्चारकर्मीलाई पनि प्रहरीले रोकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही