रुपन्देहीको तिलोत्तमाकी कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बुधबार राति कपिलवस्तुको तौलिहवाका ५० बर्षीय पुरुषको मृत्यु भएको १२ घण्टा नबित्दै कोरोना अस्पतालमा उपचाररत रुपन्देहीको तिलोत्तमाकी ७० बर्षीया महिलाको बिहीवार बिहान साढे १० बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार थाइराइड र उच्च रक्तचापको समेत बिरामी रहेकी उनको मृत्यु भएको हो । साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई होम आईसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापिबाट पहिलो पटक उपचार शुरु गरिएको थियो । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।