कपिलवस्तुका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु
काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका विरामी रहेका कार्यालयले जनाएको छ ।