चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु गर्ने सरकारको तयारी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति भएको जनाएको छ । मंगलबार सिंहदरबारमा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पुस्तिका सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीको कारण लक्ष्यअनुसार काम गर्न नसकेको बताए ।

भट्टराईले सबैभन्दा धेरै पुँजीगत खर्च र वित्तीय प्रगति हुने समय अर्थात् पुसदेखि असारसम्म काम गर्न नपाउँदा मन्त्रालयको खर्च लक्ष्यअनुसार नभएको उल्लेख गरे । मन्त्री भट्टराईले भैरहवामा साढे तीन अर्ब र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा उल्लेख्य रुपमा काम नहुँदा डेढ अर्ब खर्च हुन नसकेको बताए । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको र अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको उनले बताए ।

उनले पोखरा विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने जानकारी दिए । त्यस्तै मन्त्री भट्टराईले चिनियाँ जहाज नेपाली आकाशमा चल्ने सम्भावना नदेखिएपछि जहाज नचलाउने निर्णय गरी एयरलाइन्सले मन्त्रालयमा प्रस्ताव पठाएको र त्यस सम्बन्धमा अर्थमन्त्रालयसँग राय माग गरेको जानकारी दिए । त्यस्तै उनले बायुसेवा निगमको उडानलाई चीन र दक्षिण कोरियामा पनि विस्तार गरिने जानकारी दिए ।

मन्त्री भट्टराईले चाडपर्वलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी गरेको र यसका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिने उनले बताए ।

१५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउने र परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराईले जानकारी दिए । २०७५/०७६ मा मन्त्रालयको कूल बजेट रु ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । आब २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आब २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको

न्यायालयको मर्यादाक्रमसम्बन्धी ल्याइएको विधेयकप्रति बारको विरोध

काठमाडौं । नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा

अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

काठमाडौं । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित

मिटरब्याजीपीडित खुलामञ्च प्रवेश गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी

काठमाडौं। महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । चैत दुई