उपत्यकामा क्वारेन्टाइनस्थल र आइसोलेशन केन्द्र निर्माणलाई तिव्रता दिइने



काठमाडौं । काठमाडौं जिल्ला कोरोना संकट व्यवस्थापन समितिले उपत्यकामा क्वारेन्टाइनस्थल र आइसोलेशन केन्द्र निर्माणलाई तिव्रता दिने निर्णय गरेको छ । काठमाडौंमा मंगलबार बसेको समिति बैठकले बिभिन्न विद्यालयलाई क्वारेन्टाइनस्थल बनाउने र पशुपति धर्मशालालाई पनि क्वारेन्टाइनस्थल र आइशोलेशन रुपान्तरण गरिने र अन्य स्थानको खोजी गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यका प्रवेशलाई थप कडाई गर्नुपर्नेमा जोड दिएको छ । विदेशबाट नेपाल आउने सवै व्यक्तिहरु पैसा तिरेर होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने भएकाले पीसीआर परीक्षण गरेर आएका नेपालीहरुलाई घरमा नै पठाउने व्यवस्था गर्नुपर्नेमा समितिको जोड छ ।

त्यस्तै उपत्यकामा हाल जारी निषेधाज्ञालाई केही दिन लम्बाउनुपर्ने र त्यसलाई कडा रुपमा पालना गराउनुपर्नेमा बैठकले जोड दिएको काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा क्वारेन्टाइनस्थल र आइसोलेशन निर्माणका लागि जिल्ला कोरोना संकट व्यवस्थापन समिति मार्फत नै कार्यलाई तिब्रता दिने बताए । समितिले उपत्यकामा पीसीआर जाँचलाई तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य