‘दर्शनशास्त्र किन पढ्नुपर्छ ?’ विषयक दार्शनिक प्रवचन कार्यक्रम आयोजना



काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्रको आयोजना र समग्र प्रज्ञा आदि संस्थाको सहआयोजनामा एकदिने ‘दर्शनशास्त्र किन पढ्नुपर्छ ?’ विषयक प्रवचन कार्यक्रम गरिएको छ । सोमबार भर्चुअल प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भारतको इलाहावाद विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक एवं सुप्रसिद्ध दार्शनिक डा. जटाशङ्कर तिवारीले दर्शनशास्त्र तथा फिलोसफीको तात्विक अन्तरबारे प्रष्ट पारेका थिए । उनले प्राचीन व्याकरण तथा पाश्चात्य दार्शनिक परिप्रेक्षमा ‘परमसत्य र आनन्द’को आत्मिक अनुभूति गर्न दर्शनशास्त्र पढ्नु पर्ने भन्दै दर्शनशास्त्रको दृष्टिकोण विशाल हुने बताए ।

कार्यक्रमको संचालन दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायले गरेका थिए भने कार्यक्रमको समापन मन्तव्य दर्शनशास्त्री तथा प्रदेश दुईका लोकसेवा आयोगका आयुक्त डा. सूजाता देवले गरेकी थिइन् । कार्यक्रममा देशविदेशबाट करिव ८० जनाको सहभागितामा प्रश्नोत्तर समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि