स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन तथा उनीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न सबैलाई आग्रह गरिएको छ ।

“कानुनको दायराभन्दामाथि गई गरिने यस प्रकारका घटनाको छानबिन गरी दोषीउपर कानूनी कारवाही गर्नसमेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

चितवनलगायत देशका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि छिमेकी तथा टोलबासीबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटना भइरहेको छ । आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवस्थामा अनुगमन गरिरहेको छ ।

सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सङ्क्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेरा हाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको आयोगले जनाएको छ । जनस्वास्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवाप्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास