देशभरका अस्पतालको संगठन संरचना परिमार्जन हुने, मन्त्रालयले माग्यो सुझाव
काठमाडौं । सरकारले देशभरका अस्पतालको संगठन संरचना परिमार्जन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी अस्पतालको संरचना कस्तो हुनुपर्ने हो ? त्यसबारे सरोकारवालाहरुलाई सात दिनभित्र सुझाव उपलव्ध गराईदिन आग्रह गरेको हो ।
मन्त्रालयले स्थानीय तहमा पाँचदेखि १५ शैयाको, प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरु २५ र ५० शैया तथा साबिकका अञ्चल अस्पताल २०० शैया र संघ अन्तर्गतका ५०० शैयाको अस्पताल बनाउने प्रस्ताव गरेको छ ।