क्लिनिकल ट्रायलको चरणमा रहेका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि हुँदै



काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीका कोरोना भारइसविरूद्धको खोप नेपालमा पनि अनुसन्धानको प्रकृया सुरु गरेको छ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयलबाट स्वीकृति लिएर तेस्रो चरणको खोप परीक्षणको अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिएका छन् ।

परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ ।

अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ ।

खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ ।

यसैगरी, पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर औषधिको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ । ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्ला अस्पतालमा औषधि अभाव

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ

नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन