भदौ १६ गतेदेखि शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भदौं १६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषको बैठकले पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

पीसीआर परीक्षण सहज नभएका मुलुकमा रहेका नेपालीलाई भने नियमित उडानमा नल्याउने बैठकले निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार अब संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रायले दैनिक ५०० यात्रु नकट्ने गरी उडान तालिका बनाउने छ ।

नियमित उडानबाट आउने नागरिक, कूटनीतिक नियोगका कर्मचारीले अनिवार्य रुपमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । सरकारले पीसीआर परीक्षण प्रक्रिया जटिल भएका कतार, कुवेत र साउदी अरेबियाबाट भने नियमित उडानको माध्यमबाट यात्रु नल्याउने निर्णय गरेको छ ।

त्यहाँ अप्ठेरोमा परेका नागरिकलाई कूटनीतिक नियोगको सिफारिस अनुसार चार्टर्ड उडानबाट ल्याइने प्रवक्ता खतिवडाले जानकारी दिए । सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उद्धारमा नयाँ मापदण्ड बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै