‘निषेधाज्ञामा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन्’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञामा विगतमा जस्तो भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न सुझाव दिएको छ । बिहीबार विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले यसबीचमा सरकारलाई कोरोना निषेधको क्षमता बढाउन र युद्धस्तरमा काम गर्न सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन या निषेधाज्ञा आफैंमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ । केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा । कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ । नेपाली कांग्रेस आग्रह गर्दछ— विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको

नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार

ओली, देउवा र प्रचण्ड बालुवाटारमा छलफलमा

काठमाडौं । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको