लिदीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुग्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।