नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै कागजात र हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गर्ने निर्णय गरिएको जानकारी दिए ।
विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेकपाभित्र विवाद चुलिएको थियो ।