३० जिल्लाका बाढीपहिरो पीडितलाई कांग्रेसको ४५ लाख सहयोग



काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० जिल्लामा ४५ लाख रुपैयाँ पठाएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको जनाएको हो ।

कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सा जिल्लामा रकम पठाएको छ । त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ त ?

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा(एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी

गगन थापाप्रति खलनाथ खनालको कटाक्षः चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ?

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेसलाई समाजवादको यात्रातर्फ आउन

केपी ओली र युवराज खतिवडाले शोधनान्तर घाटाको स्थितिको जिम्मेवारी लिनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति

घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार