प्रधानमन्त्रीलाई देउवाको प्रश्नः आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमा सरकारले काम गर्न नसकेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको, संक्रमण तीब्र गतिमा बिस्तार भएको तर सरकारले काम गर्न नसकेको बताएका हुन् ।

उनले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर नभएको उनले बताए । देउवाले भने, ‘आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?’

त्यस्तै भेटमा उनीहरुबीच कतिपय संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गर्नु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान जानु जरुरी रहेको भन्दै देउवाले अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उपत्यकामा अब लकडाउन वा सील गर्ने कुनै सम्भावना छैन’

काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट

वाग्मती प्रदेश प्रहरी कार्यालयले थाल्यो प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम

हेटौंडा । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई

थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको

जिप दुर्घटनामा परी बैतडीमा पाँच जनाको मृत्यु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना