इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ



इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गएराति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।

उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन्

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट चितवनको भरतपुरकी एक महिलाको मृत्यु भएको छ । चितवनको

हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, सात घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे