सोमबार नेकपाको सचिवालय बैठक बस्ने
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ। सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन् । कार्यदलका सन्दर्भमा सचिवालयकै कतिपय सदस्यले असन्तुष्टि व्यक्त गरे कार्यदललाई सचिवालयबाट अनुमोदन गर्न बैठक बोलाइएको बताइएको छ ।