पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा



चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आइतबार बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा मध्यरातदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए।

यससँगै प्रशासनले आजै सूचना जारी गरी निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको बरालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

    काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन

विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्वारा हवाइफायर

विराटनगर । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ। झडपका कारण

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

  गलेश्वर (म्याग्दी) ।  हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको